ग्रिनिङ र सिट्रसरोगका कारण सुन्तलाका बिरुवा मर्न थालेपछि किसान चिन्तित भएका छन् । उक्त रोग लागेर सुन्तलाको बोट मर्नुका साथै उत्पादनमा ह्रास आउने भएपछि किसान निराश बनेका हुन् ।
कृषि ज्ञान केन्द्रका अनुसार यो रोग लागेपछि सुन्तलाको फेद कुहिने, बिरुवाको टुप्पोबाट मर्दै जाने, पात पहेँलो हुने र उत्पादनमा ह्रास आउने लगायत समस्या देखापर्छ । व्यास नगरपालिका, म्याग्दे, भीमाद, आँबुखैरेनी, ऋषिङ, शुक्लागण्डकी र बन्दीपुर गाउँपालिका सुन्तला खेतीका लागि पकेट क्षेत्रका रूपमा रहेका बाली संरक्षण अधिकृत एवं सूचना अधिकारी किरण परियारले जानकारी दिए ।
उनका अनुसार सिट्रस सिल्लाका वयस्क र बच्चा दुवै अवस्थाका कीराले ग्रिनिङ रोग लागेका बिरुवाको पातबाट रस चुस्छन् । उनले भने, ‘रोगी बोटबाट रस चुसेसँगै ग्रिनिङ रोग लगाउने ब्याक्टेरिया पनि कीराभित्र प्रवेश गर्दछ ।’ रोगी बोटबाट ती कीराको माध्यमबाट क्रमशः बगैँचाभित्रका अन्य निरोगी बोटमा पनि रोग सार्ने काम गर्दछन् । आर्थिक वर्ष २०८०–८१ मा जिल्लामा एक हजार ६४५ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएको छ ।
अहिले ९६० हेक्टर क्षेत्रफलबाट उत्पादन भइरहेको छ । प्रतिहेक्टर बाह्र मेट्रिक टन सुन्तला उत्पादन क्षमता रहेको सो केन्द्रले जनाएको छ । आर्थिक वर्ष २०८०–०८१ मा ११ हजार ५१८ मेट्रिक टन सुन्तला उत्पादन हुँदा ३० करोड बढीको सुन्तला बिक्री भएको थियो । कार्यालयबाट सुन्तला खेतीका लागि क्षेत्र विस्तार कार्यक्रम अन्तर्गत अनुदान दिन थालेपछि बर्सेनि जिल्लामा सुन्तलाखेती विस्तार हुँदै गएको केन्द्र प्रमुख गोपाल शर्मा लामिछानेले बताए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । तनहुँ