फ्रान्सको पेरिसमा जारी ओलम्पिक प्रतिस्पर्धामा अमेरिका र चीनको स्वर्ण विजेता सूचीमा चर्को प्रतिस्पर्धा देखिएको छ । शनिबार रातिका खेल सकिँदा अमेरिकालाई पछाडि पार्दै स्वर्ण पदकमा चीनले अग्रता लिएको छ ।
अहिले चीन ३९ स्वर्णसहित शीर्ष स्थानमा छ भने अमेरिका ३८ स्वर्णसहित पछ्याइरहेको छ । शुक्रबार रातिसम्मका खेल सकिँदा अमेरिका र चीनले समान ३३–३३ स्वर्ण जितेका थिए । स्वर्णको एक पदकले पछाडि परेको अमेरिकाले ३८ स्वर्ण, ४२ रजत र ४२ नै कास्यसहित १२२ पदक जितेको छ ।
चीनले भने ३९ स्वर्ण २७ रजत र २४ कास्यसहित ९० पदक जितेको छ । स्वर्णमा चर्को प्रतिस्पर्धा देखिए पनि पदक तालिकामा भने अमेरिका धेरै अगाडि छ । तेस्रो स्थानमा रहेको अस्ट्रेलियाले १८ स्वर्ण पदक जितेको छ भने चौथो स्थानको जापानले समान १८ वटा स्वर्ण जितेको छ ।
आयोजक फ्रान्सले १६ स्वर्ण जितेको छ भने यूकेले १४ स्वर्ण जित्दा दक्षिण कोरिया र नेदरल्यान्ड्सलेसमेत समान १३–१३ स्वर्ण जितेका छन् । जर्मनी १२, इटली ११ स्वर्णसहित नवौं र १० औं स्थानमा छन् । २०० बढी देश सहभागी ओलम्पिकमा अहिलेसम्म ८२ देशले पदक जितेका छन् । फुटबलतर्फ महिलाको स्वर्ण अमेरिकाले जितेको छ भने पुरुषतर्फको स्वर्ण स्पेनले लगेको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । पेरिस