सरकारले जबर्जस्ती करणी मुद्दा सम्बन्धी कानुन संसोधन गर्ने भएको छ । मुख्यतयाः बलात्कारमा मुद्दामा किशोरहरु बालसुधार गृह र कारागारमा बस्नुपर्ने अवस्था आएपछि सरकारले कानुन परिवर्तन गर्ने भएको छ ।
१८ बर्ष नपुगी सहमतिमा भएका यौन सम्बन्ध पनि बलात्कारमा दरिने कानुनका कारण हजारौं किशोर सुधार गृह र कारागारमा बस्नुपर्ने अवस्था देखिएपछि सरकारले कानुन परिवर्तन गर्न लागेको हो । कानून न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले जबरजस्ती करणीसँग सम्बन्धित ऐन संशोधन गर्ने जानकारी दिए ।
प्रतिनिधिसभाको कानून न्याय तथा मानव अधिकार समितिमा सांसदहरुले जबरजस्ती करणी र बलात्कारसँग सम्बन्धित मुद्दाका आरोपित र दोषीहरु बाल सुधार गृह र कारागारमा बढिरहेको बताएपछि सरकारले कानुन परिवर्तन गरेर जर्वजस्ती करणीको मुदालाइ वर्गीकरण गर्नुपर्नेमा जोड दिएका थिए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं