२०८३ भदौ १ , सोमबार 17, August 2026, Monday

बुटवलमा साँढेले हान्दा सीताको मृत्यु

सत्यपाटीसत्यपाटी । रुपन्देही । २०८१ साउन २६ गते शनिबार

रुपन्देहीको बुटवलमा छाडा साँढेले हान्दा महिलाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–३ गोलपार्कमा खाजा पसल चलाउँदै आएकी गुल्मीको रेसुंगा नगरपालिका–४ घर भएकी ४५ वर्षीया सीता पाण्डेको मृत्यु भएको हो ।

साँढेले हानेर गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साउन २० गते डेरी पसलमा दूध लिन जाने क्रममा सीता सडकमा जुधिरहेका छाडा साँढेको आक्रमणमा परेकी हुन् ।

प्रकाशित मिति : २०८१ साउन २६ गते शनिबार