सूचनाको शक्ति - The Power Of Information

        

अन्नपूर्ण एयरको हेलिकप्टर भम्कामा आकस्मिक अवतरण

बाँकेको राप्तीसोनारी–१ भम्कामा आकस्मिक अवतरण गरेको हेलिकप्टर । तस्वीर सौजन्य : सशस्त्र प्रहरी

काठमाडौँबाट बैतडीका लागि उडेको अन्नपूर्ण एयरको नाइन एन–एनयु हेलिकप्टर बाँकेको राप्तीसोनारी गाउँपालिका–१ भम्कामा आकस्मिक अवतरण गरिएको छ ।

नेपालगन्जमा तेल भरेर बैतडी जान काठमाडौँबाट उडेको सो हेलिकोप्टर नेपालगन्ज नपुग्दै मौसम खराब भएको कारण अपराह्न ४ बजेर ४० मिनेटमा राप्ती सोनारी भम्कामा खेतमा आकस्मिक अवतरण गरेको सशस्त्र प्रहरी बल ३० नम्बर बागेश्वरी गण हेडक्वाटरका एसपी विमल डाँगीले जानकारी दिए ।

उनले हेलिकप्टरमा सवार भारतीय नागरिक र पाइलटसहित हेलिकप्टर पनि सुरक्षित रहेको जनाउँदै त्यहाँबाट हेलिकप्टरलाई राप्तीसोनारीकै कुसुमस्थित सशस्त्र प्रहरीको बेस क्याम्पमा राखिएको बताए । मौसम सफा भएपछि हेलिकप्टरलाई गन्तव्यतर्फ पठाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार १९:२७

लोकप्रिय