अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बुधबार दिउँसोसम्म १६७ जनाको मृत्यु भएको छ ।
बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेसमा ६ जना, बागमतीमा ३० जना, गण्डकीमा ५२ जना, लुम्बिनीमा ३३ जना, कर्णालीमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १६७ जनाको मृत्यु भएको हो ।
साथै काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेसमा १० जना, बागमतीमा १९ जना, गण्डकीमा ४४ जना, लुम्बिनीमा १३ जना, कर्णालीमा ५१ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा १९९ जना घाइते भएका छन् ।
घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै काठमाडौं उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमतीमा १२ जना, गण्डकीमा १४ जना, कर्णालीमा २ जना र सुदूरपश्चिममा ५ जना गरी जम्मा ११० जनाको उद्धार गरिएको छ ।
बाढीपहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमतीमा ४२ जना, गण्डकीमा ४ जना, कर्णालीमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ५० जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ । बाढीको कारण जम्मा ३८४ घर डुबानमा परेका छन् ।
२६८ वटा घर, १०० वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ७६३ वटा पशु चौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट ४ हजार २७२ घर परिवार विस्थापित भएका छन् ।
साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं