नुवाकोटमा आज बुधबार दिउँसो हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार क्याप्टेन र चार यात्रुको मृत्यु भएको छ । दुर्घटनास्थलबाट चार पुरुष र एक महिलाको शव संकलन गरिएको प्रहरीले जनाएको छ ।
मृतक चार जना चिनियाँ नागरिक हुन् भने हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । काठमाडौंबाट उडेको तीन मिनेटमै हेलिकप्टर सम्पर्कविहीन भएको थियो । हेलिकप्टर काठमाडौंबाट रसुवाको स्याफ्रुबेंसीका लागि १ बजेर १४ मिनेटमा उडेको थियो ।
क्याप्टेन अरुण मल्ल
यात्रुहरु
जुदाड टाङ (पुरुष)
जी लि (पुरुष)
यियाद वु (महिला)
जेमिङ सी (पुरुष)
प्रकाशित मिति : २०८१ साउन २३ गते बुधबार
