भेरी अस्पताल नेपालगन्जले विपन्न समुदाय, जेष्ठ नागरिक र लक्षित वर्गका बिरामीलाई उपचारमा सहुलियत उपलब्ध गराउँदै आएको छ । गत आर्थिक वर्ष २०८०–०८१ मा करिब नौं हजार बिरामीले सहुलियत सेवा प्राप्त गरेको अस्पतालले जनाएको छ ।
भेरी अस्पतालले सामाजिक सेवा इकाईमार्फत् मापदण्डमा परेका बिरामीलाई सहुलियत उपलब्ध गराउँदै आएको जनाएको छ । शाखा प्रमुख आशा पन्तका अनुसार गत आवमा ५२६ जना विपन्न व्यक्तिहरुलाई दुई करोड ८० लाख ९७ हजार ७४९ रुपैयाँ विपन्न बिरामीलाई सहुलियत दिइएको जानकारी दिए ।
सिकलसेल, स्पाईनल, टाउको र मुटुका बिरामीले यसबाट सहयोग पाउने गरेका छन् । २१५ जना मुटुका बिरामीले मात्रै दुई करोड १५ लाखको सहुलियत प्राप्त गरेका छन् । यस्तै सामाजिक सेवा ईकाईमार्फत ६ हजार ३४ जनालाई सहुलियत सेवा दिइएको छ । यसरी सेवा लिनेमा तीन हजार २४२ नयाँ बिरामी र दुई हजार ७९२ जनाले दोहोर्याएर सेवा प्राप्त गरेको अस्पतालले जनाएको छ ।
सामाजिक सेवा इकाईमार्फत् ९३ लाख ७३ हजार ६९९ रुपैयाँ सहुलियत दिइएको छ । जेष्ठ नागरिकतर्फ एक हजार ९६ जना नयाँ र एक हजार ३२७ ले दोर्याएर गरि दुई हजार ४२३ जनाले सहुलियत सेवा प्राप्त गरेका छन् । जेरियट्रिकतर्फ ३५ लाख ८५ हजार ७०५ रुपैयाँको सहुलियत दिइएको छ । भेरी अस्पतालमा मेडिसिन, सर्जरी, प्रसुती, बाल उपचार, नाक, कान, घाँटी, छाला, हड्डी, दाँत, मानसिक, न्यूरो लगायतका उपचार सेवा प्रदान गर्दै आएको छ ।
विभिन्न जटिल खालका शल्यक्रिया समेत यहाँ हुँदै आएको छ । यस अस्पतालमा लुम्विनी सहित कर्णाली र सुदुरपश्चिम प्रदेश तथा छिमेकी मुलुक भारतको उत्तरप्रदेशबाट समेत विरामीहरु सेवा लिन आउने गरेको अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा.प्रकाश थापाले जानकारी दिए । भेरीमा बढ्दो विरामीको चाप बढेकाले थप भौतिक पूर्वाधार सहित जनशक्ति थप गर्नुपर्ने आवश्यकता देखिएको अस्पतालले जनाएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके