सूचनाको शक्ति - The Power Of Information

        

सिमलताल बस दुर्घटनाका घाइते र प्रत्यक्षदर्शीले के दिए बयान ? (प्रतिवेदनसहित)

सिमलताल दुर्घटना सम्बन्धी अध्ययन गर्न गठित कार्यदलको प्रतिवेदन सार्वजनिक भएको छ । चितवनको सिमलताल बस दुर्घटनाबाट बाँच्न सफल यात्रु र उक्त घटनाका प्रत्यक्षदर्शीसमेतको बयान समेटिएको उक्त प्रतिवेदन सार्वजनिक भएको हो । प्रतिवेदनमा गत असार २८ गते बिहान ३ः३० बजे चितवनको सिमलताल बस दुर्घटनाबाट बाँच्न सफल यात्रु र उक्त घटनाका प्रत्यक्षदर्शीसमेतको बयान समेटिएको छ ।

त्यस दिन काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश ०३–०००१ ख २४९५ नम्बरको गणपति डिलक्सको बस र वीरगञ्जबाट काठमाडौँ आइरहेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्सको बस त्रिशूलीमा बेपत्ता भएका थिए । कार्यदलका संयोजक छवि रिजाललका अनुसार गणपति डिलक्समा ३६ जना यात्रु र एन्जल डिलक्समा २६ यात्रु सवार रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा सिन्धुलीबाट बर्दिबास हुँदै पोखरा जाँदै गरेका ग–२–ख १८२२ नम्बर बसका चालक जीवन सुनारले बस बगाएको देखेको बताएको उल्लेख छ । कार्यदलले कुरा गरेका आँबुखैरेनी गाउँपालिका वडा नं ५ का गाउँका बासिन्दा जंगबहादुर मगरले त्यसदिन बिहानपख डोजर खोलामा बसेको जस्तो लागेको बताएका छन् ।

यस्तो छ प्रतिवेदन

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार ११:१६

लोकप्रिय