करिब ७० प्रतिशत मानव शरीर पानीबाटै बनेको हुन्छ । हाम्रो शरीरमा भएको रगतलाई हरेक घण्टा मिर्गौलाले फिल्टर गर्छ र पिसाब बन्छ । मान्छेको शरीरमा हरेक घण्टा ०.५ एमएल पिसाब बन्नुपर्छ । त्यसैले स्वस्थ रहन शरीरमा पानीको मात्रा कायम राख्नु आवश्यक छ ।
तर, शरीरमा धेरै कारणले पानीको कमी हुन्छ । यसरी पानीको कमी हुनुलाई डिहाइड्रेसन भनिन्छ । अत्यधिक गर्मी, झाडापखाला, शरीरबाट रगत बगेमा र पानी कम पिउने गरेमा डिहाइड्रेसनको उच्च जोखिम रहन्छ ।
वान्ता हुनु, ज्वरो आउनु, पेटको समस्या देखिनु पनि पानीको कमीभित्र पर्छ । शरीरमा पानीको कमी हुँदा मिर्गौला फेल हुने, हाडजोर्नी बाउँडिने, रक्तचाप घट्ने, मुटुको चाल बढ्नेजस्ता जटिल समस्या पनि देखिन सक्छन् ।
शरीरमा पानीको कमी हुँदा मिर्गौलामा समस्या देखिने गर्छ । रगतमा युरिया र क्रिटेनाइनको मात्रा बढ्ने भएकाले मिर्गौलामा असर पुग्छ । पानीको कमी हुँदा विकारयुक्त वस्तु बाहिर निस्कन पाउँदैनन् र मिर्गौलामा समस्या देखिने गर्छ ।
शरीरमा पानीको कमीका कारण एक्कासी रक्तचाप (ब्लडप्रेसर) घट्छ । ब्लडप्रेसर घट्दा मुटुको चाल बढ्ने, रिँगटा लाग्ने, वान्ता आउने लगायत समस्या देखिन्छन् ।
शरीरमा पानी कम हुँदा छाला सुक्खा हुने, चाउरी पर्ने, ओठ फुट्ने, छालामा चमक हराउने समस्या देखिन्छन् ।
शरीरमा पानीकै कमीले रिस उठ्ने, झर्किने, बोल्न मन नलाग्ने हुन सक्छ, जसले मानसिक असर पर्ने भएकाले मुड परिवर्तन हुने गर्छ ।
पानीले शरीरका जोर्नी तथा मांसपेशीलाई नरम बनाउने काम गर्छ । पानीको मात्रा कम हुँदा हाडजोर्नी बाउँडिने, शरीर दुख्ने लगायत समस्या देखिन्छ ।
पानीको कमी हुँदा क्याल्सियम र म्याग्नेसियमको पनि कमी हुन्छ । र, पाचन सम्बन्धी समस्या आउँछ । पाचन प्रणालीमा समस्या आउँदा अल्सर हुने, पेटमा ग्यास जम्मा हुने, झाडापखाला लाग्ने, वान्ता हुने, खान मन नलाग्ने लगायत समस्या देखिन्छन् ।
शरीरमा पानीको कमी भएमा टाउको भारी हुने, दुख्ने, ज्वरो आउने, थकान महशुस र चक्कर लाग्ने हुन्छ ।
पानीको कमीले पिसाबको रंग परिवर्तन हुने हुन्छ । पिसाबको पहेंलो हुँदै जटिल अवस्थामा पुग्छ । २–३ घण्टाको फरकमा पिसाब सफा आइरहेको छ भने त्यो मानिसको शरीरमा पानीको कम हुँदैन ।
– पानी पिइरहने । मुख सुक्ने, प्यास लाग्ने, पिसाबको रंग परिवर्तन भएमा पानी पिउने
– फलफूल खाने ।
– अल्कोहलजन्य खानेकुरा नखाने ।
– अन्य थप समस्या देखिएमा स्वास्थ्य संस्थामा गई चिकित्सकको सल्लाह बमोजिम गर्ने ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं