मन्त्रिपरिषद्ले नेपाल प्रहरीका डीआइजी रामदत्त जोशीलाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गरेको छ । बढुवासँगै उनलाई प्रहरी प्रधान कार्यालयस्थित कार्य विभागमा पदस्थापना गरिएको छ ।
मन्त्रिपरिषद्ले प्रहरीका तीन जना एआइजीहरुको सरुवा गरेको सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा सुब्बा गुरुङले बताए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)मा एआइजी दीपक थापालाई सरुवा गरिएको छ ।
ब्यूरोमा कार्यरत एआइजी श्यामलाल ज्ञवालीलाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ । उपत्यका प्रहरी कार्यालयमा एआइजी किरण बज्राचार्यलाई सरुवा गरिएको मन्त्री गुरुङले बताए ।
सीआइबी प्रमुखलाई सरकारले पाँच महिनामा नै सरुवा गरेको छ । ज्ञवाली २०८० चैत २ मा मन्त्रिपरिषद्को निर्णय अनुसार सीआइबीमा गएका थिए । ब्यूरोमा पठाइएका थापा उपत्यका प्रहरी कार्यालयमा कार्यरत थिए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं