विपद्का घटनामा परी आज देशका विभिन्न जिल्लामा ११ जनाको मृत्यु भएको छ । योसँगै अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायतका विपद्मा परी हालसम्म १६५ जनाको मृत्यु भएको छ । सोमबारसम्म १५४ जनाको मृत्यु भएको थियो ।
मंगलबार बागलुङ र गुल्मीमा बढी मानवीय क्षति भएको प्रहरीले जनाएको छ । बाढीपहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा ३, कोशी प्रदेशमा २५, मधेसमा ६, बागमतीमा ३०, गण्डकीमा ५०, लुम्बिनीमा ३३, कर्णालीमा ८ र सुदूरपश्चिम प्रदेशमा १० जना गरी हालसम्म १६५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
विपद्मा परी सोमबारसम्म १९८ जना घाइते भएका छन् भने १५१ जना बेपत्ता भएका छन् । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले मंगलबार मात्रै थप चार जना बेपत्ता भएका जानकारी दिए । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार २५९ घर परिवार विस्थापित भएका छन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं