सूचनाको शक्ति - The Power Of Information

        

मुख्यालयमा तानिए डिआइजीका घुमुवा

कोशी प्रदेशस्थित बराह बाहिनीपति डिआइजी शम्भु सुवेदीका दुई घुमुवालाई सशस्त्र मुख्यालयमा तानिएको छ । दुई दिनअघि मात्रै बराह बाहिनीबाट खटाइएका घुमुवाहरू भुवन खड्का र गणेश खड्कालाई मुख्यालय तानिएको थियो ।

बाहिनीबाटै खटिएका घुमुवाहरूले तस्करीको लाइन चलाएको र डिआइजीको आदेशमा काम गरेको भनेपछि उनीहरूलाई मुख्यालय तानेर अनुसन्धान शुरु गरिएको हो । पछिल्लो समय मोरङका एसपी विश्व खड्काले कडाई गर्न थालेपछि डिआइजी सुवेदीकै आदेशमा मुख्यालयमा स्पष्टीकरण दिन पठाइएको थियो ।

तर, कमजोरी बाहिनीपतिको हो भन्ने प्रमाणित भएपछि खड्कालाई पूर्ववत रुपमा खटाइएको छ । तर, निगरानीमा राखिएको स्रोतले जनाएको छ । खड्काका साथै झापा र इलामका सशस्त्र प्रहरीका एसपीलाई पनि मुख्यालयले निगरानीमा राखेको छ । पछिल्लो समय मधेश प्रदेशमा तस्करी मौलाएको छ ।

धनुषामा तस्करी बढेको भन्दै सशस्त्र प्रहरी मुख्यालयले निगरानी बढाएको हो । जनकपुर भन्सार कार्यालयका कर्मचारी र सशस्त्र प्रहरीको मिलेमतोमा तस्करी बढेको व्यापारीहरूले गुनासो गरेपछि सशस्त्र प्रहरी मुख्यालयले निगरानी बढाएको हो । सशस्त्र प्रहरीका एसपी दर्शन गिरी पुग्ने वित्तिकै केही दिन सीमानाकाहरू ठप्प पारेका थिए ।

पछि तस्करी तथा ठूला व्यापारीहरूसँग कुरा मिलेपछि धनुषाका विभिन्न नाकाबाट व्यवस्थित तस्करी फष्टाएको छ । तस्करीको तरिका पुरानै भएपनि सशस्त्र प्रहरीले धनुषाभरिका लागि ३ जना घुमुवा राखेर आर्थिक उपार्जन गरेको र सीमा नाका खुल्ला गरेको स्रोतले जनाएको छ ।

‘पछिल्लो समय जटही छोटी भन्सारमा कार्यरत जगदीश दासले जटहीदेखि धनौजीसम्मका व्यापारीहरूको लाइन मिलाउँछन् । धनौजीदेखि खजुरी, इनरुवासम्मको लाइन मिलाउने जिम्मा मूल भन्सारमा कार्यरत सुब्बा रामेश्वर चौधरीलाई दिइएको छ,’ सशस्त्र प्रहरीकै एक जना अधिकृतले भने ।

सुरेश साह, गफार मियाँ, अमोध यादवसहित अन्य व्यापारीहरूसँग मोटो रकम लिई राति तस्करी गराउँदै आएको एक व्यापारीले मुख्यालयमा उजुरी गरेको स्रोतको दाबी छ । भारतबाट आयात हुने एसबेष्डस, तेल, गुट्खा लगायत कतिपय घरायसी सरसमान प्रतिबन्ध भए पछि हाल यस्नै सरसामान बढी तस्करी हुने गरेको छ ।

व्यापारीको उजुरीपछि सशस्त्र मूख्यालयले दुई पटक एसपी गिरीलाई सोधुपुछका लागि बोलाएको थियो । उनी शक्ति केन्द्रको दबाबमा पुन धुनषा जान सफल भएका थिए । अहिले मैनाथपुर प्रस्तावित सीमा सुरक्षा बेश बोर्डटर आउट पोष्ट (बिओपी)मा कार्यरत डिएसपी भरत गौतमलाई परिचालन गर्ने त्यसलाई खुला राखेर तस्करी गरेको आरोप एसपी गिरीमाथि रहेको छ ।

धनुषाको अर्को नाका जटहीबाट पनि तस्करी भैरहेको भन्दै छिन्नामस्त बाहिनीले पनि एसपी गिरीलाई स्पष्टिकरण सोधेको थियो । तर पूर्व प्रधानमन्त्री प्रचण्डको नजिक रहेको देखाएर कारवाहीबाट जोगिदै आएका छन् । प्रचण्डलाई बा नाता लगाउने र गंगा दाहाललाई दिदी नाता लगाएर उनले सशस्त्र प्रहरीमा चेनअफ कमाण्ड उल्लंघन गर्ने गरेका छन् ।

शैलेन्द्र खनाल आइजीपी हुँदा पनि प्रचण्डको दबाबमा रसुवा बसेका गिरीले कार्यदलमा आएपछि काठमाडौको सानो भर्याङमा घर बनाउदा कार्यदलका सिपाही प्रयोग गरेको उजुरी परेको थियो । अहिले धनुषामा तस्करीकै उजुरी पर्दा पनि शक्ति केन्द्रको आडमा प्रहरी महानीरिक्षक राजु अर्याललाई धम्क्याएर बसिरहेका छन् ।

भारतको विहार सरकारले मदिरा निषेध गरेपछि तस्करले नेपालबाट मदिरा सीमावर्ती भारतीय गाउँ सहरमा पु¥याउँदै आएका छन् । यी नाका भएर पारिबाट दैनिक उपभोग्य सामग्री चिनी, प्याज, आलु, दाल, चामल, धान, लताकपडा, तेलसहित लागुऔषध, मोटरपार्टस्, कस्मेटिक्सका सामान तस्करी भएर वारिका सहर पुग्ने गरेको छ ।

पछिल्लो समय लाइटर (ग्यास चुलो बाल्ने), टुथपेस्ट, कपालमा लगाउने तेलको भारत तस्करी यस भेगका लागि नौलो घटना बनेको छ । सशस्त्र प्रहरी नं. ८ गण धनुषाका एसपी गिरीले घुमुवा परिचालन गरी तस्करीको लाइन दिएका छन् । एसपी गिरीले सहायक हवलदारहरू ध्रुव खड्का र लीला भुजेललाई घुमुवा राखेको स्रोतको दावी छ ।

देखावटी रूपमा गणको मूल गेटमा ड्युटीमा राखिए पनि उनीहरू तस्करहरूसँग सेटिङमै बढी व्यस्त हुने गरेको स्रोत बताउँछ । खड्का यसअघि खजुरी बीओपीमा सादा पोसाकमै परिचालित थिए । पाँच वर्षदेखि उनी खजुरी बीओपीमा घुमुवाको कम गर्दै आइरहेका थिए । एसपी गिरीले ८ नम्बर गणको कमाण्ड सम्हाल्ने बित्तिकै खड्का र भुजेललाई तस्करहरूसँग सेटिङमा परिचालन गरेका छन् । उनीहरुबाटै काम फत्ते गर्ने गरेको स्रोतको दावी छ ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलवार १०:२०

लोकप्रिय