सूचनाको शक्ति - The Power Of Information

        

बंगलादेशमा अन्तरिम सरकार बनाउने सेना प्रमुखको घोषणा

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेसँगै बंगलादेशमा अन्तरिम सरकार बन्ने भएको छ । बंगलादेशका सेना प्रमुख जनरल वकेर–उज–जमानले सबै दलको सहभागितामा अन्तरिम सरकार गठनको घोषणा गरेका हुन् ।

बंगलादेशको संचारमाध्यम ढाका ट्रिब्युनका अनुसार बंगलादेशका राजनैतिक दलहरुसँग सेना प्रमुखले गरेको छलफलको आधारमा अन्तरिम सरकार गठन हुने भएको हो । उनले अन्तरिम अन्दोलनकारीहरुलाई हिंसात्मक आन्दोलन स्थगित गर्न आह्वान गर्दै आन्दोलनमा ज्यान गुमाएकाहरुलाई न्याय पाउने आश्वसनसमेत व्यक्त गरेका छन् ।

बंगलादेशमा आरक्षण पद्धतीको विषयलाई लिएर केही समयदेखि आन्दोलन भइरहेको छ भने हालसम्म सो आन्दोलनमा ३०० जनाले ज्यान गुमाइसकेका छन् । आइतबार रातिमात्र १०० जना आन्दोलनकारीले ज्यान गुमाएको रिपोर्टमा उल्लेख छ । मृत्यु हुनेमा बालबालिका, महिलासहित कैयौँ सर्वसाधारण रहेका स्थानीय मानव अधिकारवादी समूहले जनाएका छन् ।

बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै बिद्यार्थी समूहले सुरू गरेको आन्दोलनले सफलताको उत्कर्ष पार गर्दै प्रधानमन्त्री हसिनालाई राजीनामा दिन बाध्य बनाएको छ । प्रधानमन्त्री हसिनाको राजीनामाको माग गर्दै गरिएको आन्दोलनमा ढाकामा व्यापक सहभागितापछि प्रधानमन्त्री हसिनाले पदबाट राजीनामा दिएकी हुन् ।

उनी आफ्नो व्यक्तिगत सुरक्षालाई मध्यनजर गरि सरकारी निवास (गणभवन) छोडेर सुरक्षित स्थानमा गएकी छिन् । सेना प्रमुखको पत्रकार सम्मेलनलाई उध्रदत गर्दै ढाका ट्रिब्युन लेखेको छ, ‘सबै राजनीतिक दलसँगको फलदायी छलफलपछि हामीले अन्तरिम सरकार बनाउने निर्णय गरेका छौं । हामी अहिले राष्ट्रपति मोहम्मद शाहबुद्दीनसँग यस विषयमा कुरा गर्नेछौं जसमार्फत यो स्थिति समाधान गर्न सकियोस् ।’

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार १६:४१

लोकप्रिय