सूचनाको शक्ति - The Power Of Information

        

सेनाले साथ नदिएपछि भागिन् हसिना, आवासमा ढुंगामुढा

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडिसकेपछि पनि प्रधानमन्त्रीको आवासमा प्रदर्शनकारीको भीड जम्मा भएको थियो । उनीहरु कर्फयुको आदेशपनि अवज्ञा गर्दै त्यहाँ ढुंगामुढा गर्न पुगेको जनाइएको छ ।

त्यहाँ आन्दोलनकारीले उनको आवासमा ढुंगामुढा गरेका थिए । सेनाले समर्थन नगरेका कारण हसिना भागेको पाइएको छ । त्यहाँका सेनापतिले जनताको भावना विपरीत नजाने गएको शनिबार मात्रै बताएको थियो ।

यसअघि बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएलगत्तै प्रदर्शनकारी उनको निवास प्रवेश गरेका छन् । प्रधानमन्त्री कार्यालयमा रहेका सामान उनीहरुले उठाएर लगेको बीबीसीले जनाएको छ । बंगलादेशमा पछिल्ला दिनमा विद्यार्थी आन्दोलन चर्किएको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार १६:३५

लोकप्रिय