२०८२ पुस २ , बुधबार 17, December 2025, Wednesday

पोखरा उडेको बुद्ध एयरको जहाज काठमाडौं फर्किएपछि…

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८१ साउन १८ गते शुक्रबार

काठमाडौंबाट पोखरा उडेको बुद्ध एयरको जहाज बीचबाटै काठमाडौं फर्किएको छ । काठमाडौंबाट पोखरा उडेको बुद्ध एयरको जहाज एकाएक काठमाडौं फर्किएको हो । शुक्रबार पोखराका लागि उडेको जहाज पुन काठमाडौं अवतरण भएको हो ।

पोखराका लागि उडेको ६५५, कल साइन ‘नाइन–एन–एएमडी’मा प्राविधिक समस्या देखिएपछि पुन काठमाडौं अवतरण गरिएको बुद्ध एयरले जनाएको छ । जहाजलाई पुनः काठमाडौंमा सुरक्षित अवतरण गरिएको र यात्रुलाई अर्को जहाजमा पठाइएको बुद्ध एयरले जनाएको छ ।

प्रकाशित मिति : २०८१ साउन १८ गते शुक्रबार