हिंस्रक बाघ खोज्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट हात्ती घटनास्थल कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ कमलाशा टोलमा पुगेको छ । दोधारा चाँदनी नगरपालिका–२ मा महिलालाई आक्रमण गरेर बाघ लुकेको छ ।
बिहीबार बिहान घाँस काटिरहेकी दोधारा चाँदनी नगरपालिका–२ कमलाश टोलकी २६ वर्षीया हिरा शाहको बाघको आक्रमणबाट मृत्यु भएको थियो । घटनापछि स्थानीय त्रसित छन् । आक्रमणपछि बाघ उखुबारीमा लुकेको आशंका छ ।
त्यहाँ ठाउँठाउँमा धान खेती र उखुबारी छन् । डार्ट गरेर बाघलाई नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्जबाट प्राविधिकसहितको टोली पनि कञ्चनपुर पुग्दै गरेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका अधिकारीहरुले बताएका छन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । कञ्चनपुर