सूचनाको शक्ति - The Power Of Information

        

दूध धेरै पटक उमाल्नु हानिकारक

पोषणका लागि अति आवश्यक दूध उमालेर खाने गरिन्छ । हुन पनि यसो गर्दा यसमा भएका सूक्ष्म हानिकारक जीवाणु नष्ट हुने गर्छ । तर, दूधलाई पटक–पटक उमालेर खाँदा शरीरका लागि हानिसमेत हुन्छ ।

दूधमा मानव शरीरलाई चाहिने आवश्यक पोषक तत्त्व हुन्छन् । दूधमा हड्डीदेखि दाँत बलियो बनाउनेसम्मका पोषण तत्त्व पाइन्छ । यसमा क्याल्सियम, फोस्फोरस, प्रोटिन, भिटामिन बी–१२, भिटामिन ए लगायत स्वास्थ्यवर्धक तत्त्व पाइन्छ । दूधलाई बारम्बार उमालेर खाएमा यी पौष्टिक तत्त्व नष्ट हुन्छन् ।

दूध तीन मिनेटभन्दा बढी नउमाल्नुहोस् । उमाल्ने क्रममा चलाइराख्नुहोस् । दूध उम्लेको केही क्षणमै चुल्होबाट उतार्नुहोस् । एक पटक उमालेपछि फ्रिजमा राख्नुहोस् या एक पटक उमाल्ने बित्तिकै प्रयोगमा ल्याउनुहोस् ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार ०९:५७

लोकप्रिय