सूचनाको शक्ति - The Power Of Information

        

बुबाको किरिया बसेका छोराको मृत्यु

झापामा दिवंगत बुबाको १३ दिने किरियामा बसेका एक व्यक्तिको निधन भएको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर ११ प्रणामी मन्दिर उत्तरका ४५ वर्षीय गणेश घिमिरेको बुबाको किरिया बसेकै समयमा निधन भएको हो ।

घिमिरेलाई अचानक पेट दुखेर उपचारका लागि आइतबार विराटनगर लगिएको थियो। उनको उपचारकै क्रममा सोमबार साँझ निधन भएको हो । सवारी दुर्घटनामा परी घाइते बुबा दिलबहादुर घिमिरेको साउन ७ गते उपचारका क्रममा निधन भएको थियो। गणेश बुबाको आठौँ दिनको काम गर्दै थिए ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलवार १२:०९

लोकप्रिय