पछिल्लो समय सामान्य मनमुटावले पनि पति–पत्नीबीच सम्बन्धविच्छेद हुने क्रम बढ्दो छ । कुवेतमा अझ अचम्मलाग्दो गरी डिभोर्स भएको खबर अहिले भाइरल भइरहेको छ । सार्वजनिक खबर अनुसार कुवेतमा एक जोडीले बिहे गरेको तीन मिनेटमै सम्बन्धविच्छेद गरेको हो ।
सञ्चारमाध्यमका अनुसार अदालतमा कानुनी विवाह गरेर दुलहा–दुलही बाहिर निस्किन्छन् । त्यस क्रममा अचानक बेहुलीका खुट्टा लडखडाउँछन् र उनी लड्छिन् । तर उनलाई उठाउनुको साटो बेहुला रिसाउँछन् र हिँड्न नजानेको भनी उल्टै गाली गर्छन्, ‘मूर्ख !’
त्यसपछि बेहुली रिसले आगो हुन्छिन् र तुरुन्त न्यायाधीशकहाँ गएर आफूहरूको बिहे तत्काल रद्द गरिदिन अनुरोध गर्छिन् । उनको अनुरोध अनुसार न्यायाधीशले पनि ३ मिनेटअघि मात्र कायम गरिएको बिहे रद्द गरिदिन्छन् ।
जसलाई कुवेतको इतिहासमै सबैभन्दा छोटो समयमा भएको सम्बन्ध विच्छेद मानिएको छ । वास्तवमा यो घटना भएको चाहिँ सन् २०१९ मै रहेछ । तर त्यो विषय सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं