२०८२ कात्तिक २१ , शुक्रबार 7, November 2025, Friday

आज भगवान शिवको विशेष दिन

सत्यपाटी
सत्यपाटी । काठमाडौं
२०८१ साउन १४ गते सोमबार

आज २०८१ साल साउन १४ गते सोमबार तदनुसार सन् २०२४ जुलाई २९ तारिख । साउन कृष्ण पक्षको नवमी तिथि । विश्व बाघ दिवस । आज साउन महिनाको दोस्रो सोमबार परेकाले शिवको महत्त्व र महिमा अझ बढी छ ।

हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ । शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताएपछि सकिन्छ । खाना बेलुकाको आरती सकिएपछि खाइन्छ ।

दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ । तर कुनै पनि पूजाको अगाडि गणेशको पूजा भने अनिवार्य नै छ । सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पूरा गर्ने विश्वास रहिआएको छ । त्यस्तै ज्ञान प्राप्ति हुन्छ । अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझै पनि छ ।

प्रकाशित मिति : २०८१ साउन १४ गते सोमबार