सूचनाको शक्ति - The Power Of Information

        

प्रहरीमा दुई डिआइजीका लागि एक दर्जन प्रतिस्पर्धी

हाल नेपाल प्रहरीमा दुई नायव महानिरीक्षक (डिआइजी) पद रिक्त छ । यसअघि एक एआइजी पद पनि रिक्त रहेकोमा डिआइजी रामदत्त जोशी बढुवा सिफारिस भैसकेका छन् । उनले केही दिनमै एआइजीको फुली लगाउने कार्यक्रम समेत छ ।

प्रहरी मुख्यालयका अनुसार अहिले रिक्त रहेका दुई डिआइजीका लागि तीव्र प्रतिस्पर्धा देखिएको छ । जसमा दुई पदका लागि दर्जन बढी एसएसपीहरु दौडधुप गरिरहेका छन् । स्रोतका अनुसार अहिलेको बढुवामा हालका आइजीपीको ब्याचमेटदेखि २०५४ को टोलीसम्म प्रतिस्पर्धामा छ ।

जहाँ एसएसपी गणेश चन्द, दिल्लीराज बिष्ट, ध्रुवराज राउत, भोलाबहादुर रावल, सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, जीवनकुमार श्रेष्ठ, दिनेश आचार्यहरु सहितका प्रतिस्पर्धी देखिएका छन् ।

हालै नयाँ गृहमन्त्रीको रुपमा रमेश लेखक आएकाले उनको बढुवामा हस्तक्षेप हुने भएकाले अहिले नै को बढुवा हुने भन्ने यकिन गर्न नसकिने स्रोतको दाबी छ । किनभने लेखकले आउँदाआउँदै प्रहरीका काज तथा सरुवा बढुवामा व्यापक हस्तक्षेप थाल्दा आइजीपी बसन्तबहादुर कुँवर कठपुतली बनेका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार ०६:३२

लोकप्रिय