गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री राजीव गुरूङ (दीपक मनाङे) यति बेला पुनः सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन् । मन्त्रालयको कार्यकक्षमा गन्जी (स्यान्डो) लगाएको उनको फोटो आज विहानदेखि भाइरल छ । मन्त्री राजिव गुरुङ अर्थात दिपक मनाङ्गे भित्री गञ्जी लगाएर कार्यकक्षमा बसेका छन् ।
मन्त्रीको कार्यकक्षमा झुण्डाइएको नेपालको निशान छाप, राष्ट्रपति र प्रधानमन्त्रीको फोटो मुन्तिर उनी घरको बेडरुममा छँदा लगाउने पोशाकमा सजिएको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ । उनलाई धेरैजसोले नाम अनुसारको फोटो भनेर कमेन्ट गरेका छन् । यस निम्ति मनाङ्गे अर्थात् ‘म नाङ्गै’, डन विशेषण लगाइएको छ ।
भित्री वस्त्र गञ्जी लगाएर मन्त्रालयको कार्यकक्षमा बसेका मन्त्रीसँगै कालो चस्मा लगाएका अर्का एक जना घोसे मुन्टो लगाएर बसेका छन् । नजिकैको लुगा झुण्ड्याउने स्टान्डमा उनको रातो कोटजस्तै देखिने ज्याकेट झुण्डाइएको छ । फोटोमा देखिएको उनको हाउभाउले कार्यकक्षमा कुनै टोली वा व्यक्तिसँग कुराकानी गरिरहेको अनुमान लगाउन सकिन्छ ।
राज्यले सम्मानित ओहोदामा बसेकाले औपचारिक कार्यक्रम र स्थलमा जाँदा लगाउने पोशाक सम्बन्धी निश्चित मापदण्ड बनाएको छ । त्यसमा पनि मन्त्रीले सँधै मर्यादित पोशाक लगाउनुपर्नेमा कसैको दुईमत देखिँदैन । फोटोमा मनाङेले शरीरको माथिल्लो भागको कपडा खोलेर गन्जीमात्र लगाएका छन् । उनको कोट छेवैको ह्याङगरमा झुन्डिएको देख्न सकिन्छ ।
मनाङे कोहीसँग कुराकानी गरिरहेको देख्न सकिन्छ । उनीसँगै फोटोमा भएका अर्को एक आगन्तुक भने मनाङेको कुरा सुनिरहेका छन् । विवादित छवि भएका उनको पछिल्लो फोटोलाई लिएर विभिन्न मिम पेज तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले आलोचना गरेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ता नयनन्द्र खत्रीले लेखेका छन्, ‘स्यान्डो मन्त्री मनाङेलाई बाहुला भएको सर्ट दे सरकार साथमा एसी पनि ।’
अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता ज्ञानेन्द्र खड्का लेख्छन्, ‘दीपक मनाङे म नाङ्गै, दलहरू झन् नाङ्गै’ । सामाजिक सञ्जाल एक्समा गजेन्द्रमान श्रेष्ठ लेख्छन्, ‘यो त अति भो, मनाङे मन्त्री । पद अनुसार रहन सिक । यो तिम्रो जिउ प्रदर्शन गर्ने कुर्सी होइन । मुख्य मन्त्री, हिम्मत भए कारबाही गर यस्ता अनुशासनहिन विरुद्ध ।’
नवराज पन्तले पनि व्यङ्ग गर्दै मनाङेलाई ‘म नाङ्गै’ भनेर पोस्ट गरेका छन् । छैटौंपटक मन्त्री बनेका मनाङेको हर्कतलाई लिएर सामाजिक सञ्जालमा कडा टिप्पणी भइरहेको छ । ‘तर, उनको विगतलाई हेर्दा मनाङ्गेसँग मर्यादित पोशाक र आचरणको अपेक्षा गर्नु पनि राज्य र जनताको अर्को भूल हुनसक्छ,’ उनकै मन्त्रालयमा कार्यरत एक जना अधिकृतले भने ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं