सिमलताल पहिरोमा बेपत्ता भएका बस र यात्रुको खोजीका लागि नयाँ प्रयोग थालिएको छ । सिमलतालको पहिरोमा परि यात्रुसहित त्रिशूलीमा बेपत्ता दुई बसको खोजीको लागि भारतबाट आएका खोजी टोलीले चुम्बक प्रयोग गरेर खोजीको अन्तिम प्रयास थालेको हो ।
१५ दिनअघि त्रिशूलीमा खसेर बेपत्ता भएका बस र यात्रुको खोजीका लागि चुम्बकको प्रयोग गरिएको छ । भारतबाट १९ किलो र १४ किलोका दुई वटा ठुला चुम्बक ल्याएर खोजी गर्न थालिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
प्रजिअ यादवका अनुसार चुम्बकको ४० किलोको म्याग्नेटिक डिभाइस नदीका सम्भावित स्थानमा खसालेर अन्तिम खोजी भइरहेको छ । उनका अनुसार सिमलताल दुर्घटनास्थल सिमलतालदेखि केराबारी क्षेत्रसम्मको त्रिशूली नदीमा आज भारतबाट ल्याइएको म्याग्नेटिक डिभाइस पानीभित्र डुबाएर खोजी भइरहेको छ ।
‘चुम्बक लगेर नदीका सम्भावित स्थान खसालिनेछ । बस रहेछ भने त चुम्बक टाँसिइहाल्छ,’ यादवले भने, ‘चुम्बकमार्फत फलाम रहेको थाहा भएमा गोताखोरलाई पानीभित्र पठाइनेछ ।’ अहिलेसम्म केही प्रगति नभएपछि भारतीय टोलीले उतैबाट म्याग्नेटिक डिभाइस मगाएका हुन् । उक्त डिभाइसले पानीमूनी भएको बस्तुलाई पहिचान गर्न सजिलो हुन्छ ।
चुम्बकमार्फत फलाम रहेको थाहा भएमा गोताखोरलाई पानीभित्र पठाइने उनले बताए । चार जना गोताखोरसहित भारतको राष्ट्रिय विपद् रेस्पोन्स टीमका १२ सदस्यीय टोली सात दिनकोे लागि भनेर खोजी कार्यमा सहयोग गर्न चितवन आएका थिए । हिजो शुक्रबार नै उनीहरु खोजीको लागि आएका सात दिनको समय पूरा भइसकेको छ ।
उनीहरु चितवन आएदेखि नै दुर्घटनामा हराइरहेका ३२ जना यात्रु र दुबै बसको पत्तो लागेको छैन । खोजीको लागि दैनिक ५०० सुरक्षाकर्मी, तालिम प्राप्त नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिरहेका छन् । त्रिशूलीमा डुबेका दुबै बसमा गरेर ६५ जना यात्रु थिए । उनीहरुमध्ये तीन जनाले पौडिएर ज्यान बचाएका थिए । बाँकी ६२ जना त्रिशूलीमा बेपत्ता भएका हुन् ।
बेपत्ता भएकामध्ये १९ जनाको शव खोजी टोलीले भेटेर बसका यात्रु रहेको पहिचान छ । तीमध्ये पाँच जना भारतीय नागरिक रहेका छन् । साउन ४ गतेदेखि नै उक्त दुर्घटनासँग सम्बन्धित व्यक्तिको थप संख्या पनि भेटिएको छैन । गत असार २८ गते काठमाडौँबाट गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको दुई बसलाई सिमलतालमा माथिबाट खसेको लेदोसहितको पहिरोले त्रिशूली नदीमा खसाएको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं