अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स अन्तरिक्षमा अलपत्र परेको हप्तौँ भइसक्यो । सुनिता र अमेरिकी नौसेनाका सेवा निवृत्त कप्तान बुच विलमोर जुन ५ मा बोइङको स्टारलाइनर चढेर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) गएका थिए । तर स्टारलाइनरबाट हिलियम चुहिने लगायत प्राविधिक समस्या देखिएपछि उनीहरूको पृथ्वी फिर्ता हुने समय अनिश्चित बनेको छ ।
दुवैले अन्तरिक्षमा बिना पानी बिउ हुर्काउने तरिकामा काम गरिरहेका थिए । नासाले अहिलेसम्म पनि यी दुवैलाई फर्काउने मिति तोक्न सकेको छैन । आइएसएसमा अन्तरिक्ष यान बिग्रिएपछि नासा र बोइङको टोलीले सो यानमा कस्तो खालको समस्या आएको हो ? र सोको समाधान कसरी गर्न सकिन्छ ? भनेर बुझ्न गएको केही हप्तामा कयौँ परीक्षण पनि गरेको थियो ।
यो सप्ताहान्तमा पनि थप परीक्षण भएका छन् । यसअघि स्टार लाइनरलाई हातैले नियन्त्रण गरेर दुई अन्तरिक्ष यात्रीलाई पृथ्वी फर्काइने योजना पनि नासा र बोइङले बनाएका थिए । तर अब भने सो योजना त्यागिएको छ । उनीहरूलाई सोही अन्तरिक्ष यानमा ल्याउने हो कि अर्को भन्नेबारे पनि स्पष्टसँग बताइएको छैन ।
दुवैलाई फिर्ता ल्याउन स्टार लाइनरको प्रयोगलाई अनुमति मिलेन भने नासासँग अर्को आकस्मिक विकल्प रहेको नासाका कमर्शियल क्रु प्रोग्राम म्यानेजर स्टिभ स्टिचले भनेका छन् । सुनिता र विच जुन ६ मा करिब एक हप्ताको मिसनका लागि आइएसएस पुगेका थिए । तर त्यहाँ उनीहरूको बसाई बिहीबार ५० दिन पुगेको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । वासिङ्टन डीसी