सूचनाको शक्ति - The Power Of Information

        

कमला ह्यारिस अमेरिकी राष्ट्रपतिको उम्मेदवार बन्ने चर्चासँगै उत्साहित भारतको मावली गाउँ

अमेरिकी राष्ट्रपति जो बाइडनले नोभेम्बरमा हुने राष्ट्रपति चुनाव नलड्ने घोषणा गरेका छन् । उनले उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेका छन् । अब बाइडेनको स्थानमा डेमोक्रेटिक पार्टीबाट ह्यारिस राष्ट्रपतिका लागि चुनाव लड्न सक्ने सम्भावना बढी छ । यो खबर बाहिरिएसँगै भारतमा उनका हजुरबा–हजुरआमाको गाउँमा उत्सवको माहौल छ ।

कमला ह्यारिसका हजुरबा–हजुरआमा भारतको दक्षिणी सहर चेन्नईभन्दा ३०० र अमेरिकाको राजधानी वासिंटन डिसीबाट १४ हजार किलोमिटर टाढा सानो गाउँ थुलासेन्द्रापुरम् गाउँमा बस्छन् । कमला ह्यारिस डेमोक्रेटिक पार्टीकी आधिकारिक उम्मेदवार हुने सम्भावना बढ्दा भारतमा उनका हजुरबा–हजुरआमाको गाउँमा अमेरिकी चुनावलाई लिएर चासो बढेको छ ।

एसोसिएटेड प्रेसको सर्वेक्षण अनुसार डोनाल्ड ट्रम्पविरुद्ध डेमोक्रेटिक पार्टीको आधिकारिक उम्मेदवार बन्न ह्यारिसलाई धेरै डेमोक्रेट डेलिगेट्सहरुले समर्थन गरेका छन् । ५९ वर्षीया ह्यारिसको तस्बिरसँगै एउटा ठूलो ब्यानर सोमबार थुलासेन्द्रापुरम्’को बीचमा लगाइएको छ । गाउँको मन्दिरमा विशेष पूजाअर्चना पनि भइरहेको छ ।

मिठाइ पनि बाँड्ने काम भएको बीबीसी तमिललाई उद्धृत गर्दै बीबीसी हिन्दीले लेखेको छ । बैंक म्यानेजरको पदबाट निवृत्त भएका कृष्णामूर्तिले भनेका छन्, ‘विश्वको सबैभन्दा शक्तिशाली देशको राष्ट्रपतिको उम्मेदवार बन्ने कुरा मजाक होइन । कमला ह्यारिसमाथि हामी गर्व गर्छौं । पहिले भारतमाथि विदेशीले राज गर्थे । अब शक्तिशाली देशको नेतृत्व भारतीय मूलका सन्ततिहरूले गरिररहेका छन् ।’

कृष्णमूर्ति

कमला ह्यारिस सन् २०२० मा उपराष्ट्रपति बन्दा थुलासेन्द्रापुरममा आतीशबाजी गरिएको थियो । पोस्टर टाँसिएको थियो । सामुदायिक भोजको आयोजना पनि गरिएको थियो । नातेदारहरुका अनुसार ह्यारिसले सांबर–इडली खुब मन पराउँछिन् । कमला ह्यारिस भारतीय परम्परासँग जोडिएकी छन् । द हिन्दूमा छापिएको समचार अनुसार कमलाीकी आमाको मृत्यु हुँदा हिन्दू रीतिरिवाज अनुसार अस्तु बगाउन कमला बहिनीका साथमा चेन्नई आएकी थिइन् ।

कमलाले पहिलो महिला, पहिलो ब्ल्याक र दक्षिण एसियाली मूलकी उपराष्ट्रपति बनेर उनले इतिहास रचेकी थिइन् । तामिललाडुकी स्तन क्यान्सर सम्बन्धी विषयमा अनुसन्धान गर्ने पेसा बनाएकी श्यामला गोपालन छोरी कमला सन् १९५८ मा अमेरिका गएकी थिइन् । कमलाका पिता डोनाल्ड ह्यारिस जमैकाका नागरिक थिए । सन् २०२३ मा ह्यारिसले ट्विट गर्दै भनेकी थिइन्, ‘१९ वर्षको उमेरमा मेरी आमा श्यामला एक्लै अमेरिका आएकी थिइन् ।’

थुलासेन्द्रापुरम्

उनी एक वैज्ञानिक र नागरिक अधिकारकर्मी थिइन् । उनले दुई जना छोरीलाई गर्वको भाव भरिन् । कमलाका मामली मामा गोपालन बालान्द्रन विद्वान थिए । उनका हजुरबा पीवी गोपालन भारतका सरकारी कर्मचारी थिए । गोपालनले सन् १९६० मा उनले जाम्बियाका पहिलो राष्ट्रपतिको सल्लाहकारका रुपमा कामसमेत गरेका थिए । ह्यारिस उपराष्ट्रपति बन्नुअघि क्यालिफोर्नियामा न्यायाधिवक्ता थिइन् । उनले अमेरिकी माथिल्लो सदन सिनेटमा सदस्य (सांसद)का रुपमा समेत काम गरेकी थिइन् ।

स्रोत : बीबीसी हिन्दी
प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार १३:४०

लोकप्रिय