दुर्घटनाग्रस्त सौर्य एयरका क्याप्टेन मनीषरत्न शाक्यको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । उनी काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)को आईसीयूकक्षमा उपचाररत छन् ।
शाक्यको अवस्था खतरामुक्त रहेको र परिवारसँग भेटघाट तथा बोलचाल गरिरहेको केएमसीका व्यवस्थापक नारायणप्रसाद दाहालले बाह्रखरीलाई जानकारी दिए । ३७ वर्षीय शाक्यको टाउकोमा लागेको चोटमा भने बुधबार नै टाँका लगाइएको छ । मेरुदण्डको हड्डीमा पनि चोट लागेको देखिएको छ ।
तर, तत्काल शल्यक्रिया गर्न स्वास्थ्य अवस्थाले साथ नदिएपछि केही दिन उनलाई अस्पतालमा नै राखिने दाहालले बताए । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको एउटा विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । विमानमा सवार १९ जनामध्ये क्याप्टेन शाक्य मात्र बाँचेका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं