सूचनाको शक्ति - The Power Of Information

        

२९ जना प्रहरी कर्मचारी हराए

प्रहरी प्रधान कार्यालयले लामो समयदेखि बिना जानकारी सम्पर्कविहीन भएका २९ जना प्रहरीलाई सेवाबाट हटाउने चेतावनी दिएको छ । प्रहरी प्रधान कार्यालय, कानुन शाखाले बिहीबार सूचना जारी गर्दै एक साताभित्र सम्पर्कमा नआए उनीहरुलाई सेवाबाटै हटाउने चेतावनी दिएको हो ।

प्रहरी नायव निरीक्षक (सई)देखि प्रहरी जवानसम्म २९ जना प्रहरी झन्डै दुई महिनादेखि आफूखुशी गैरहाजिर रहेको कार्यालयले जनाएको छ । गैर हाजिर हुनेमा तीनजना सई, एक जना असई, दुईजना हबल्दार र बाँकी प्रहरी जबान रहेका प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । समयमै हाजीर भए सफाइको मौका दिइने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार ०९:५०

लोकप्रिय