२०८२ कात्तिक २२ , शनिबार 8, November 2025, Saturday

सन्तानेश्वर महादेव मन्दिरमा धार्मिक पर्यटकको चहलपहल

सत्यपाटी
सत्यपाटी । बाँके
२०८१ साउन ८ गते मंगलबार

साउन महिना सुरु भएसँगै नरैनापुरस्थित सन्तानेश्वर महादेव मन्दिरमा धार्मिक पर्यटकको चहलपहल सुरु भएको छ । सन्तानेश्वरमा पूजाआजा गर्नेको भीड लाग्ने गरेको मुख्य पुजारी योगानन्द गिरीले जानकारी दिए ।

हिजो सोमबार बाँके, बर्दिया, दाङ लगायत भारतबाट पजि भक्तजन आएका मुख्य पुजारी गिरीले बताए । नेपालगन्जदेखि ३० किलोमिटर टाढा अवस्थित उक्त मन्दिर पुग्न करिब ६ किलोमिटर जङ्गलको कच्ची बाटो र त्यसपछि दुई किलोमिटर उकालो पैदलयात्रा गर्नुपर्छ ।

धार्मिक पर्यटनको प्रचुर सम्भावना भएको सन्तानेश्वर पुग्ने सडक सहज नहुँदा समस्या भएको नरैनापुरका स्थानीयहरु बताउँछन् । पहाडको माथिल्लो भागमा रहेको मन्दिरबाट जङ्गलका साथै मनोरम प्राकृतिक दृश्य देख्न सकिन्छ ।

राप्तीसोनारी गाउँपालिकास्थित भुवरभवानी मन्दिर, नेपालगन्जको बागेश्वरी मन्दिर र नरैनापुरको सन्तानेश्वर महादेव मन्दिरलाई जोडेर धार्मिक पर्यटन क्षेत्र बनाउन आवश्यक रहेको यहाँका पर्यटन व्यवसायीहरु बताउँछन् ।

प्रकाशित मिति : २०८१ साउन ८ गते मंगलबार