सूचनाको शक्ति - The Power Of Information

        

निसास्सिएर सुत्केरी र बहिनीको मृत्यु, बच्चाको अवस्था गम्भीर

जुम्लामा आगोको धुवाले निसास्सिएर ११ दिनको सुत्केरी महिला र उनको बहिनीको मृत्यु भएको छ । जुम्लाको पातारासी गाउँपालिका ११ दिनकी सुत्केरी २२ वर्षकी मायालक्ष्मी महतारा र उनकी बहिनी १९ वर्षीया जुनमाया रोकायाको मृत्यु भएको जुम्ला प्रहरीले जनाएको छ ।

सुत्केरी भएको ११ दिन पुगेकी मायालक्ष्मीको अस्पतालमा उपचारका क्रममा सोमबार नै मृत्यु भएको हो भने उनकी बहिनी जुनमायाको मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ ।

सुत्केरीका लागि सेक्न बालेको आगोको धुवाँमा ती दिदीबहिनीहरू निसास्सिएका थिए । निसास्सिएर ११ दिनको बच्चासमेत अवस्था गम्भीर छ । बच्चाको अस्पतालको आइसीयूमा राखेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी छेदीलाल कामतीले बताए ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलवार १२:४६