२०८२ कात्तिक २९ , शनिबार 15, November 2025, Saturday

डिआइजी रामदत्त जोशी एआइजी बढुवा सिफारिस

सत्यपाटी
सत्यपाटी । काठमाडौं । २०८१ साउन ८ गते मंगलबार

सरकारले रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक एआइजीमा बढुवाका लागि प्रहरी नायब महानिरीक्षक (डिआइजी) रामदत्त जोशीलाई सिफारिस गरेको छ । बढुवा समितिको सोमबार बसेको बैठकले जोशीलाई एआइजीमा बढुवा सिफारिस गरिएको हो ।

विशेष व्यूरोबाट विमानस्थल कार्यालय प्रमुख भएका डिआइजी जोशीलाई आइतबार बेलुका बसेको बढुवा समितिको बैठकले बढुवा गर्न सिफारिस गरेको हो ।

एआइजी उमेशराज जोशीले असार १९ गते अनिवार्य अवकाश पाएपछि रिक्त दरबन्दीमा उनलाई बढुवा गर्न सिफारिस गरिएको हो । यसअघि पोषराज पोखरेललाई बढुवा सिफारिस गरिएको थियो । तर सरकारका आएको फेरबदलसँगै बढुवा नभई उनको अवकाश भएको थियो ।

प्रकाशित मिति : २०८१ साउन ८ गते मंगलबार