ललितपुर महानगरपालिकाले १०६ वर्ष पुरानो डेनिस दमकल (जुद्ध बारुण यन्त्र) आजबाट सञ्चालनमा ल्याएको छ । महानगर क्षेत्रमा हुन सक्ने आगलागीको सम्भावित जोखिममा परिचालन गर्न महानगरपालिकाले १०६ वर्ष पुरानो डेनिस दमकल मर्मत गरेर सञ्चालनमा ल्याएको हो ।
ललितपुरका मेयर चिरीबाबु महर्जनले ४२ वर्षदेखि यसको पार्टस नपाएका कारण थन्काएर राखे पनि अहिले अमेरिकाबाट पार्टसहरु मगाएर मर्मत गरी सञ्चालनमा ल्याएको जानकारी दिए । पुरानो ऐतिहासिक दमकलको चक्काहरु कहिले पनि पञ्चड नहुने र सिसाहरु पनि नफुट्ने प्रमुख विशेषता रहेको उनले बताए ।
यो दमकल बेलायतले उपहार दिएका मध्येकै एक हो । त्यतिबेला बेलायतले तीन वटा दमकल नेपाललाई दिएको थियो । डेनिस कम्पनीको यो दमकल अब नियमित प्रयोगमा आउनेछ । योसँगै महानगरमा दमकलको संख्या सात पुगेको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । ललितपुर