बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रबाट एक जना शिकारीलाई गोली लागेर मरेको चित्तलसहित रङ्गेहात पक्राउ गरिएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ अन्तर्गत पर्ने महादेवा जङ्गलबाट ४४ वर्षीय मोहन थारु रङ्गेहात पक्राउ परेका हुन् ।
कोहलपुर नगरपालिका वडा नम्बर १३ सिम्री निवासी थारुलाई पक्राउ गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले बताए । थारुको साथबाट गोली लागेर मरेको भाले चित्तल, एक थान भरुवा बन्दुक, २ राउण्ड गोली र बन्दोबस्तीका सामान बरामद गरिएको छ ।
पक्राउ परेका थारुविरुद्ध आवश्यक अनुसन्धान सुरु गरिएको जनाउँदै प्रमुख संरक्षण अधिकृत शाहले चोरी शिकारीमा संलग्न अन्यको बारेमा पनि सोधपुछ गरिरहेको बताए । निकुञ्ज क्षेत्रमा चोरी शिकारी हुने क्रम बढेपछि निकुञ्ज सुरक्षार्थ रणबम गण र निकुञ्जका कर्मचारी संयुक्त रुपमा गस्तीमा खटिंदै आएका छन् ।
सोही गस्ती टोलीले थारुलाई पक्राउ गरेको हो । पक्राउ परेका थारुविरुद्ध राष्ट्रिय निकुञ्ज ऐन–२०२९ र हात हतियार खरखजाना अन्तर्गत मुद्दा चलाइने बाँके राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके