बाँकेको नेपालगन्ज आसपास क्षेत्रका लागि ३३ केभी प्रसारण लाइनमार्फत दुई नयाँ मध्यम प्रशारण लाइन जडान गरिएको छ । कोहलपुर राष्ट्रिय प्रसारण लाइन (ग्रिड) बाट थप १० मेगावाट विद्युत् लाइन जडान भएको नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख इन्जिनियर जगन्नाथ लामिछानेले जानकारी दिए ।
उनले कोहलपुर–नेपालगन्ज र धामपुर नयाँ सर्किट जडान भएको उल्लेख गर्दै विद्युतको मागअनुसार आपूर्ति गरिएको बताए । यसअघि ३० मेगावाट क्षमता मात्रै रहेकामा अब यसको क्षमता ४० मेगावाट पुगेको छ । ‘घरायसी प्रयोजनका लागि नै जोडेको हो र यसले नेपालगन्जमा गर्मीबाट धेरै राहत मिलेको छ,’ इन्जिनियर लामिछानेले भने ।
थप भएको प्रसारण लाइनबाट नेपालगन्ज उपमहानगरपालिकासहित डुडुवा गाउँपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका र केही राप्तीसोनारी गाउँपालिकाका क्षेत्र समेत यसबाट लाभान्वित हुनेछन् । बाँकेमा केही महिनाअघि आएको हावाहुरीले विद्युत् आपूर्तिमा ठूलो क्षति पुर्याएकाले केही ट्रान्सफर्मर नयाँ र केही पुरानाको क्षमता वृद्धि गरिएको छ ।
लामिछानेले ३० थान २०० केभीका नयाँ ट्रान्सफर्मर र १०० केभीका ८० ट्रान्सफर्मरको क्षमता वृद्धि गरिएको जानकारी दिए । हावाहुरीका कारण यसबाहेक ७० किलोमिटरका लागि विद्युत् तार तान्न, विद्युतको लोड व्यवस्थापनका लागि अन्य मर्मत सम्भारसहितका काममा रु एक करोड ८४ लाख खर्च भएको वितरण केन्द्रले जनाएको छ ।
‘आवश्यकता अनुसार जहाँ लोड बढी हुन्छ त्यहाँ नयाँ ट्रान्सफर्मर जडान गरेका छौँ, जहाँ कम लोड छ त्यहाँ क्षमता वृद्धि गरेर पनि ट्रान्सफर्मर लगाएका छौँ,’ नेपालगन्ज वितरण केन्द्रका प्रमुख लामिछानेले भने । उनका अनुसार विद्युत् लाइनका लागि हावाहुरीले क्षति पुर्याएकामा नयाँ खम्बासमेत गाडिएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके