सूचनाको शक्ति - The Power Of Information

        

सुतेर उठ्दा बिहान किन लाग्छ आँखामा कचेरा ?

हामी राति सुतेर बिहान उठ्ने बेलामा प्रायः सबैको आँखाको कुनामा धेरथोर कचेरा लागेको हुन्छ । आँखाबाट निस्केको आँसु, धुलो, फोहोर र आँखाको ढकनीका मरेका कोषहरूको सम्मिश्रण नै कचेरा हो ।

कचेरा आँखाबाट निस्केको आँसु धुलो, फोहर र आँखाको ढकनीमा मरेका कोषहरू मिलेर बनेको हुन्छ । प्लीका सेमी लुनारिस नामक आँखाको भागले हर समय कचेरा बनाउने तरल पदार्थ (आँसु) निकालिरहेको हुन्छ । तर आँखा झिमझिम गर्दा यो जम्मा हुन नपाई पखालिन्छ ।

आँखाबाट आउने आँसुले आँखालाई सुख्खा हुनबाट जोगाउन र आँखालाई भिजाइ नरम बनाइराख्न मुख्य भूमिका खेल्छ । हामी निदाएको बेला आँखाबाट आँसु आउँदैन त्यही आँसु निदाएको बेला भने कचेरा बनेर रहन्छ । त्यसैले कचेराले पनि आँखालाई सुख्खा हुनबाट बचाउने काम गर्छ ।

तर, आँखामा कचेरा नै आएन भने आँखामा सङ्क्रमण भई आँसु निस्किने नली बन्द भएको हुन सक्छ । जसले गर्दा आँखा सुख्खा हुन नदिन निस्किने तत्त्वहरू बाहिर निस्कन पाउँदैन र आँसु आँखाभित्र नै जम्मा हुन्छ । जसले गर्दा आँखा सुख्खा हुन्छ । त्यसले आँखा चिलाउने, सुन्निने र आँखाभित्र डल्लो पलाउने जस्ता समस्या देखिन सक्छ ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार ०९:३८

लोकप्रिय