सूचनाको शक्ति - The Power Of Information

        

बंगलादेशमा हिंसा भड्कियो, नेपाली विद्यार्थीलाई बाहिर ननिस्कन दूतावासको आग्रह

बंगलादेशको राजधानी ढाकामा रहेका नेपाली दूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई अत्यावश्यक कामबाहेक आफू बसेको स्थानबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।

बंगलादेशमा आरक्षण विरोधी प्रदर्शन हिंसात्मक बन्दै गएपछि ढाकामा रहेको दूतावासले सूचना जारी गर्दै त्यहाँ रहेका नेपालीहरुलाई सुरक्षित रहन, अत्यावश्यक कामबाहेक आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आ–आफ्नो कलेज प्रशासनको निर्देशन पालना गर्न अनुरोध गरेको हो ।

बंगलादेशमा जारी कोटा विरोधी प्रदर्शनमा भएको झडपमा परी हालसम्म ६ जनाको मृत्यु भइसकेको छ भने सम्पूर्ण सरकारी तथा निजी विश्वविद्यालय र शैक्षिक संस्थाहरू अनिश्चितकालका लागि बन्द गरिएका छन् ।

कारणवश कलेज प्रशासनले होस्टेलबाट अन्य सुरक्षित स्थानमा जान निर्देशन दिएमा वा आफू बसेको स्थानमा सुरक्षा अवस्था प्रतिकूल भएमा दूतावासमा सम्पर्क गर्न भनिएको छ ।

अवस्था प्रतिकूल भएका दूतावासले ८८०१८८०६९१०१३ र ८८०१७४५४०७९५८ नम्बरमा फोन गरी सहयोग माग्न त्यहाँ रहेका नेपालीलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार १३:५९

लोकप्रिय