सूचनाको शक्ति - The Power Of Information

        

कुकुर मारेको निहुँमा बुवाको हत्या

पूर्वी नवलपरासीमा कुकुर मारेको निहुँ विवाद हुँदा छोराले बुबाको हत्या गरेका छन् । जिल्लाका कावासोती नगरपालिका–५ ठकुरीचोकमा १८ वर्षीय निराजन कुमालले ढुंगाले हानेर बुवाको हत्या गरेका हुन् ।

प्रहरीका अनुसार आज (बुधबार) बिहान ११ बजेतिर १८ वर्षीय निराजनले कुकुर कुटेर मारेको निहुँमा झगडा हुँदा ४३ वर्षीय बुवा प्रेमको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी बेद पौडेलले घरमा पालेको कुकुरलाई बुवाले कुटेर मारेपछि बाबुछोराको झगडा भएको थियो ।

उक्त क्रममा निराजनले ढुंगाले टाउकोमा हानेको र बुवाको घटनास्थलमै मृत्यु भएको पाइएको डीएसपी पौडेलले बताए । प्रहरी टोलीले निराजनलाई पक्राउ गरी अनुसन्धान थालेको उनले बताए ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार १३:५०

लोकप्रिय