अछाममा बाख्रा चराउन गएकी एक महिलाको ढुङ्गा लागेर मृत्यु भएको छ । मङ्गलसेन नगरपालिका–३ लाक्षीमनाकी ३५ वर्षीया वसन्ती बोगटीको मृत्यु भएको हो ।
मङ्गलबार गाध्य भन्ने भीरमा बाख्रा चराएर फर्किने क्रममा माथिबाट झरेको ढुङ्गा टाउकोमा लागेर घटनास्थलमै उनको मृत्यु भएको हो ।
उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मङ्गलसेन लगिएको अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले जानकारी दिएका छन् ।
प्रकाशित मिति : २०८१ साउन २ गते बुधबार
सत्यपाटी