आज (बुधबार) सिन्धुपाल्चोकसहित देशका २१ जिल्ला र ती आसपासका क्षेत्रमा बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज सिन्धुपाल्चोक, दोलखा, बाजुरा, अछाम, डोटी, डडेल्धुरा, बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीमा बहाव उल्लेख्य बढ्ने तथा केहीमा आकस्मिक बाढीको मध्यम जोखिम देखिएको हो ।
साथै इलाम, झापा, संखुवासभा, सोलुखुम्बु, गोरखा, लमजुङ, कास्की, पर्वत, स्याङ्जा, बझाङ, रुकुमपश्चिम, रुकुमपूर्व, सुर्खेत र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीमा पनि आज बहाव उल्लेख्य बढ्ने अनुमान रहेको महाशाखाले जनाएको छ ।
यस्तै महाशाखाले आज महाकाली र पश्चिमसेती नदीको जलसतह सतर्कता तहभन्दा तलै रहे पनि उल्लेख्य बढ्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं