२०८३ मंसिर १२ , शनिबार 28, November 2026, Saturday

चार निर्माण कम्पनीलाई सरकारले राख्यो कालोसूचीमा

प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न जिल्लाका चार वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

आज (बुधबार) सूचना जारी गर्दै कार्यालयले काममा ढिलासुस्ती गर्ने चार वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको जानकारी दिएको हो ।

कालोसूचीमा राख्नको लागि विभिन्न निकायबाट लेखि आएकाले ती निर्माण कम्पनीलाई दुई वर्षदेखि ६ महिनासम्मको लागि कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ ।

बीएस भैरवशक्ति निर्माण सेवा डोटी, मस्टा जबीडी कन्डक्टसन इन्जिनियरिंग, काठमाडौँ सहितका निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको कार्यालयले जनाएको छ ।

कार्यालयले कालोसूचीमा राखिएका कम्पनीसँग यस अवधिमा कुनै पनि खरिद सम्झौता र कारोबार नगर्न कार्यालयले अनुरोध गरेको छ ।

यी हुन् कालोसूचीमा पर्ने चार वटा निर्माण कम्पनी

 

प्रकाशित मिति : २०८१ साउन २ गते बुधबार