सूचनाको शक्ति - The Power Of Information

        

विश्वको एक मात्र देश, जहाँ डिभोर्स गर्नै पाइँदैन

फिलीपीन्स विश्वको एकमात्र यस्तो देश हो जहाँ डिभोर्सको कुनै व्यवस्था छैन । खासमा फिलीपीन्स कैथोलिक देशका समुहको एक हिस्सा हो । कैथोलिक चर्चका कारण यस देशमा डिभोर्सको कुनै प्रावधान छैन ।

पोप फ्रान्सिस सन् २०१५ मा फिलीपीन्स गएका बेला उनले त्यहाका धर्मगुरुसंग डिभोर्सका प्रावधान राख्न अपील गरे । तर फिलीपीन्समा ‘डिर्भोसी कैथोलिक’ हुनु अपमानजनक मानिने भएकाले उक्त कुरा स्विकार गरीएन ।

फिलीपीन्सका ईसाई धर्मगुरुले पोप फ्रान्सिसको अपील मानेनन् । उनीहरु विश्वभरमा फिलीपीन्स डिभोर्स नहुने एकमात्र देश बनेकोमा गर्व गर्छन् । फिलीपीन्समा डिभोर्सको प्रतिबन्ध केवल ईसाइहरुमा मात्र रहेको छ । त्यहाँ बसोबास गर्दै आएका सात प्रतिशत इस्लाम समुदाय आफ्नो धार्मिकता अनुसार डिभोर्स गर्दै आएका छन् ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार ०७:२६

लोकप्रिय