सूचनाको शक्ति - The Power Of Information

        

मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का

मुगुमा आज बिहान भूकम्प धक्का महसुस गरिएको छ । बिहान ४ बजेर ४० मिनेटमा मुगुको धर्मा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको जनाइएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगु जिल्लाको दार्मा आसपास केन्द्रविन्दू भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको हो ।

मुगुसहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो । यसअघि गत असार २६ गते नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङको तापेथोक केन्द्रविन्दू भएर भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार ०७:१४

लोकप्रिय