मनसुनजन्य विपद्का घटनामा परी मृत्यु हुनेको संख्या १२० पुगेको छ । यो संख्या नेपालमा मनसुन सुरु भएदेखि मंगलबार दिउँसोसम्मको हो । यसवर्ष गत जेठ २८ गते मनसुन सुरु भएको थियो । मनसुन सुरु भएसँगै अविरल वर्षाका कारण बाढी, पहिरो लगायतका विपद्का घटनामा १२० जनाको मृत्यु भएको हो ।
नेपाल प्रहरीका अनुसार बाढी, पहिरो लगायतका विपद्का घटनामा परी काठमाडौं उपत्यकामा दुई जना, कोसी प्रदेशमा २२ जना, मधेसमा पाँच, वाग्मतीमा १५ जना, गण्डकीमा ३८ जना, लुम्बिनीमा २३ जना, कर्णालीमा सात र सुदूरपश्चिममा आठ जनाको मृत्यु भएको छ । विपद्का घटनामा परी काठमाडौं उपत्यकामा आठ जना, कोसी प्रदेशमा ३४ जना, मधेसमा नौं जना, वाग्मतीमा सात जना घाइते छन् ।
त्यस्तै, गण्डकीमा २८, लुम्बिनीमा नौं, कर्णालीमा २९ र सुदूरपश्चिममा ११ गरी १३५ जना घाइते भएका छन् । कोसीमा ४१ र गण्डकीमा १२ जना गरी कुल ५३ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ । पहिरोमा परी कोसीमा दुईजना, मधेसमा एक, वाग्मतीमा दुई तथा गण्डकी, कर्णाली र सुदूरपश्चिममा एक–एक गरी आठ जना बेपत्ता भएका छन् ।
बेपत्ताको खोजी कार्य जारी छ । बाढीको कारण हालसम्म १८२ घर डुबानमा परेको जानकारी प्रहरीले दिएको छ । मनसुनजन्य विपद्का घटनाले २१३ वटा घर, ७९ वटा गोठ, ४३ वटा पुल, एउटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार ६५२ घर परिवार विस्थापित भएका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं