हाल (मंगलबार साँझ) मौसम देशभर आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) रही गण्डकी प्रदेशका थोरै स्थान तथा बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ ।
जल तथा मौसक विज्ञान विभाग अन्तरगतको मौसम पूर्वानुमान महाशाखाले बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भइरहेको जनाएको छ । महाशाखाका अनुसार आज राति मौसम देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।
बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस क्रममा राति बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ भने बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं