सूचनाको शक्ति - The Power Of Information

        

सिमलताल दुर्घटना, हालसम्म १५ शव भेटिए

पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–७ गैरीस्थित नारायणी नदीमा आज बिहान एउटा शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार एक पुरुषको शव फेला परेको हो । शवको पहिचान खुलेको छैन ।

नदी किनारको बालुवामा पुरिएको अवस्थामा भेटिएको शवको अहिले उत्खनन गर्ने काम भैरहेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । त्रिशूली बस दुर्घटनामा परि बेपत्ता भएका यात्रु मध्येकै शव भएको हुनसक्ने अनुमान छ ।

यसअघि गैरी क्षेत्रमै बस दुर्घटनामा परेका तीन यात्रुको शव फेला परेको थियो । हालसम्म १५ यात्रुको शव फेला परिसकेको छ भने कम्तिमा ४७ यात्रुको अवस्था अझै अज्ञात रहेको छ । सिमलता दुर्घटनामा परेका यात्रुको शव करिब १०० किमी तल गण्डक व्यारेजमा भेटिन थालेकोले सो क्षेत्रमा खोजी तिब्र पारिएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलवार १०:२२

लोकप्रिय