२०८३ मंसिर १२ , शनिबार 28, November 2026, Saturday

बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु

रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ । आठबिसकोट नगरपालिका रुकुम (पश्चिम)–१२ को बगर नजिक रहेका तातोपानी खोला र झिन्चौर खोलामा आएको बाढीले बगाउँदा तीन जना बालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरूमा स्थानीय १० वर्षीय हितमाया पुन, ८ वर्षीय धनसा पुन र ४ वर्षीय मनिषा सार्की रहेका छन् भने डिल्लीबहादुर बुढाथोकी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

प्रहरीका अनुसार १२ वर्षीय विनय सार्की, २२ वर्षीय मनीषा पुन, २९ वर्षीय जनक खत्री, ६ वर्षीय मनसरी पुन, चार वर्षीय मेक्सन पुन, २८ वर्षीय धनमाया पुन र ६५ वर्षीय कल्पना कामी घाइते भएको छन् ।

प्रकाशित मिति : २०८१ साउन १ गते मंगलबार