जिल्ला कारागार बैतडीमा क्षमताभन्दा तेब्बर बन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । २५ जनाका निम्ति बनाइएको कारागारमा ७६ जनालाई राखिएको छ ।
चार दशकअघि बनेको कारागार भवन मर्मत सम्भार नहुँदा जीर्ण बन्दै गएको छ भने क्षमताभन्दा बढी बन्दी राख्नुपर्नाले सुरक्षा र व्यवस्थापन चुनौती थपिएको कारागार प्रमुख धारा भण्डारीले बताइन् ।
टिनको छाना भएको भवनमा वर्षाको पानी चुहिन थालेपछि समस्या भएको छ । क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा सुरक्षा र व्यवस्थापनमा पनि चुनौती थपिएको उनले बताइन् । जेलर आवासगृह, सुरक्षा ब्यारेक पनि नभएको भण्डारीले बताइन् ।
‘जेलरले २४ सैँ घण्टा बस्नुपर्ने भए पनि आवासगृह छैन, छुट्टै भेटघाट कक्ष छैन, सुरक्षा ब्यारेक बनेको छैन । यसले सुरक्षा चुनौती थपिएको छ,’ उनले भनिन् । उनले कारागारमा स्वास्थ्यकर्मी नभएकाले कैदीबन्दी सामान्य बिरामी हुँदा अस्पताल लैजानुपर्ने बाध्यता रहेको बताइन् ।
‘स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दी सामान्य बिरामी हुँदा जिल्ला अस्पताल लैजानुपर्ने बाध्यता छ । जिल्लामा उपचार सम्भव नभएर धनगढी, काठमाडौं रेफर गर्छौँ । स्वास्थ्यकर्मी नभएकोबारे गृह मन्त्रालयलाई जानकारी गराएर माग गरेका छौँ,’ जेलर भण्डारीले भनिन् ।
केन्द्रबाट अनुगमनमा निकाय आउने पदाधिकारीलाई समस्याबारे ज्ञात भए पनि समाधान भने भएको छैन । २०४० सालमा निर्माण गरिएको कारागार भवन मर्मत नहुँदा जीर्ण छ । नयाँ भवन निर्माणका लागि कारागार व्यवस्थापन विभागलाई लागत अनुमानसहितको विवरण पठाइएको जेलर भण्डारीले बताइन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बैतडी