हालसम्म देशभर ६७.३ प्रतिशत रोपाइँ सकिएको छ । अहिलेसम्म नौ लाख ४० हजार ५०० हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।
कोशीमा ६१.७, मधेसमा ६१.५, बागमतीमा ६९.२, गण्डकीमा ७५, लुम्बिनीमा ६६.७, कर्णालीमा ७८ र सुदूरपश्चिम प्रदेशमा ८६ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिए ।
यो हप्ता पानी परेकाले गत हप्ताको भन्दा बढी क्षेत्रफलमा रोपाइँ भएको हो । असारको तेस्रो हप्तासम्म पनि देशभर राम्रोसँग वर्षा नभएकाले धेरै ठाउँमा रोपाइँ हुन सकेको थिएन । चौथो हप्तापछि वर्षा निरन्तर भएको थियो ।
प्रकाशित मिति : २०८१ असार ३२ गते सोमबार
सत्यपाटी