मनकामना केबलकार सोमबारदेखि ५० दिनका लागि बन्द भएको छ । नियमित मर्मत सम्भारका लागि ५० दिन बन्द गर्न लागेको मनकामना केबलकार प्रालिले जनाएको छ ।
२६ वर्षअघि जडित प्रविधि प्रतिस्थापन गरेर आधुनिक प्रविधि जडान गरी स्तरोन्नति गर्न लागेको सोमबार सूचना निकालेर केबलकारले जनाएको छ ।
केबलकारका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले डिजिटल प्रणाली स्तरोन्नति र मेन केबल तार लट्ठासमेत फेर्ने कार्यका लागि असार ३१ गतेदेखि भदौ २० गतेसम्म केबलकार बन्द हुने बताए । यो नेपालको पहिलो केबलकार हो । यो २०५५ सालदेखि सञ्चालनमा आएको थियो ।
सत्यपाटी संवाददाता । गोरखा