तस्करीमा संग्लग्न रहेको आरोप लागेका सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी विश्व खड्कामाथि छानबिन शुरू भएको छ । सशस्त्र प्रहरी बल मुख्यालयले सीमा विभागका डीआइजी लक्ष्मणबहादुर सिंहको नेतृत्वमा तीन सदस्यीय समिति बनाई छानविन सुरु गरेको हो ।
समितिमा एसपी माधव रेग्मी र डीएसपी भुवन भण्डारी सदस्य छन् । सीमा विभागबाटै समिति बनाएर एसपी खड्कामाथि छानविन सुरु गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआइजी कुमार न्यौपानेले जानकारी दिए । गत आइतवार गपठत समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइको छ ।
‘समितिले फिल्डमा पुगेर काम शुरू गरिसकेको छ उनले भने, ‘तस्करीमा एसपीको संलग्नता छ/छैन भनेर वास्तविकता बुझ्दैछौँ,’ प्रवक्ता न्यौपानेले भने । समितिको प्रतिवेदन अध्ययनपछि अरु प्रक्रिया अघि बढ्ने उनले बताए । २०८० फागुनको पहिलो साता खड्काले मोरङको कमान्ड सम्हालेका हुन् ।
त्यसयता तस्कर समूहसँग मिलेर नेपाल–भारत सीमा क्षेत्रमा अवैध असुली गरेको उनीमाथि आरोप लागको छ । विराटनगरका व्यापारी विनोद केशरीले करिब एक महिनाअघि भारतबाट भन्सार छली गरेर ल्याएको चिनी नियन्त्रणमा लिएको भए पनि रकम लिएर त्यत्तिकै छाडिदिएको भन्दै सशस्त्र प्रहरी बल मुख्यालय, हलचोकमा उजुरी परेको थियो । सोही उजुरीपछि खड्का सशस्त्र प्रहरीको मुख्यालय (हेडक्वाटर) तानिएका थिए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं